शताब्दी पुरुष जोशीले ९९ औं जन्मोत्सव भब्य रुपमा मनाए

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी आईतबारबाट ९९ औ वर्षको हुनु भएको छ । सरकारबाट शताब्दी पुरुषको सम्मान समेत पाइसकेका जोशीले आज विहान ललितपुरको पाटकस्थित आफ्नै घरमा ९९ औं जन्मोत्सव मनाएका छन् । 

शताब्दी पुरुष जोशीको जन्मोत्सव मनाउन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उहाँकै निवासमा पुग्नु भएको थियो । त्यस्तैं, साहित्यकार, शुभचिन्तक, आफन्त र विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको जोशीको घरमा बाक्लो उपस्थितति थियो । 

९९ औं जन्मदिवस मनाईरहदा आफूले अधिक खुशी लागेको टिप्पणी जोशीले गर्नुभयो । 

बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रुपमा उहाँको जन्म वि.स. १९७७  बैशाखमा ललिपुरको बखुम्बहालमा भएको थियो । 

नेपालको संकृति र साहित्य क्षेत्रका प्रशिद्धि कमाएका जोशीले त्रिचन्द्र कलेजबाट स्नातक तहसम्को  अध्ययन गरेका थिए । २०१५ सालमा पुरातत्व तथा संस्कृति विभागको  पहिलो निर्देशक बन्ने अवसर पनि उहाँलाई प्राप्त भएको थियो ।

उहाँले नेपाली साहित्यक्षेत्रको सबै भन्दा ठूलो पुरस्कार मदनपुरस्कार तीन पटक पाउनु भएको थियो । जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५ , काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिव पाँच दर्जन प्रकाशित छन् ।

जोशीद्धारा लिखित हाम्रो लोकसंस्कृति नामक ग्रन्थ २०१३ सालमा मदन पुरस्कारबाट पुरस्कृत भएको थियो । पाँचौं शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली राष्ट्रिय मुद्रा नामक कृतिका लागि २०१६ सालमा दोस्रो पटक र कर्णाली लोकसंस्कृति नामक ग्रन्थमा संयुक्त रुपमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?