सिंगल हुनुका यस्ता छन् फाइदा

आजको समयमा कोही पनि सिंगल रहनुमा विश्वास गर्दैनन् । सबैलाई कोही न कोही साथी चाहिएको हुन्छ । जो आफ्नो एक्लोपनालाई हटाउन सहयोग गरुन् ।

युवा या युवती त्यतिबेला बढी खुशी हुन्छन्, जतिबेला गर्लफ्रेन्ड या ब्वायफ्रेन्ड होस् । तर, केहीलाई भने सिंगल रहँदा पनि अलग्गै मजा लाग्ने गर्छ ।

यदि आफूले आफूलाई चिन्न सकियो भने सिंगल हुनुको मजा नै बेग्लै हुन्छ । आजकालको भागदौडमा मान्छे यति व्यस्त हुन्छन् कि, आफ्ना लागि समय नै हुँदैन । आजभोलि हामीले के कुराले खुशी दिन्छ भन्ने पनि थाहा पाउन पाएका हुँदैनौं ।

मान्छेले त्यतिबेला मात्र यस्ता कुराको ख्याल गर्छ, जतिबेला ऊ एक्लो हुन्छ । बल्ल यतिबेला हामीले आफूभित्रको पहिचानलाई चिन्ने मौका पाएका हुन्छौं । हुनसक्छ, तपाईंलाई पढ्न या घुम्न मन लागोस् । तर, तपाईले भीडभाडमा आफूलाई भेट्नुभएको हुन्न । त्यसैले खुशी हुने कारण एक्लो हुँदा तपाईंले आफूभित्र पाउन सक्नुहुन्छ ।

त्यस्तै सिंगल हुनुको अर्को फाइदा अरुलाई जिस्काउन पाउनु र आफूलाई आफै अनुसार ढाल्न पाउनु पनि हो । कसैसँग बोल्दा या जिस्किँदा यदि तपाईं सिंगल हुनुहुन्छ भने कुनै समस्या हुँदैन, तर रिलेसनमा हुनेलाई भने यस्ता समस्या पनि बेलाबेलामा पर्ने गर्छ । समय निकाल्न नसकेको भनेर तनाव दिने पनि हुन्छन् ।

यदि तपाईं सिंगल हुनुहुन्छ भने आफ्ना अन्य साथीभाइ तथा संगिनीसँग जति पनि समय बिताउन सक्नुहुन्छ । आखिर तपाईंलाई परेको बेलामा साथ दिने पनि उनीहरु नै हुन् । अझ अर्को कुरा त सिंगल हुँदा तपाईंलाई शान्ति पनि हुन्छ ।

कसैलाई घुमाउन लैजान, डेटिङका लागि समय दिन, उनीहरलाई मन परेको खाना जबरजस्ती खाने झन्झट पनि हुँदैन । सिंगल लाइफ हुँदा आधा तनाव त यत्तिकै घट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?