एजेन्सी/ लामो समयसम्म कम्प्युटरमा व्यस्त रहनुहुन्छ भने सचेत रहनुहोस् । त्यसबाट तपाइको आँखामा नकारात्मक असर पर्न सक्छ । आखाँलाई कम्युटरबाट बचाउने उपाय :
१. कम्युटरमा हेर्ने कोण समायोजन गर्नुहोस्
तपाईको आखाँ र कम्युटर बिचको कोण र दूरीले यस्ता समस्यामा मुख्य भूमिका खेलेको हुन्छ । सबैभन्दा उपयुक्त मनिटर, मोवाइल र ट्ब्लेट आखाँबाट २० देखि २८ इन्ज पर हुनुपर्दछ । र आखाँको तह ९उचाई० भन्दा ४ देखि ५ इन्च तल हुनुपर्दछ । यो उपायले गर्दन दुख्ने समस्याबाट पनि मुक्ति मिल्छ ।
२. चमक घटाउनुहोस्
स्क्रिनको चमकले आखाँलाई काम गर्न अफ्ठेरो हुन्छ । त्यसैले अत्याधिक उज्यालो स्क्रिनले आखाँलाई नराम्रो असर गर्छ । यसका लागि कम्युटरमा चमक फिल्टर प्रयोग गर्नुपर्छ ।
३. आखाँलाई आराम पनि दिनुहोस्
यदि तपाई लगातार कम्युटर चलाउनुहुन्छ भने आखाँलाई आराम दिनपनि आवश्यक छ । चिकित्सकका अनुसार प्रत्येक २० मिनेटमा आखाँलाई आराम चाहिन्छ । प्रत्येक २० मिनेटमा कम्तिमा २० सेकेण्ड कम्युटरमा हेर्न छोड्नुहोस । र प्रत्येक घण्टामा १५ मिनेट आखाँलाई आराम दिनुहोस, कम्युटर हेर्नबाट ।
४. आखाँ झिम्काउनुस्
मनिसहरु सामान्य अवस्थामा प्रत्येक मिनेटमा १८ पटक आखाँ झिम्काउछन्, तर कम्युटर प्रयोग भैरहेको बेला यसको एक चौथाई पटक मात्र आखाँ झिम्किन्छ । यसको कारण आखाँमा सुख्खापन आउँछ । यसबाट बच्न बढि कम्युटर प्रयोग गर्नेहरुले आइ ड्रपस् हाल्नुपर्दछ ।
५. समय–समयमा आखाँको जाँच
साथै आखाँको जाँच समय–समयमा गराइराख्नु पर्दछ । यसले आखाँमा आएका समस्यालाई समयमै समाधान गर्न सहयोग गराउँछ ।
त्यसबाहेक कम्युटर प्रयोग गर्दाले चस्मा लगाउनु पनि राम्रो मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया