काठमाडौं । छठ महापर्व आज मनाइँदै छ । चार दिनसम्म चल्ने यस पूजाको आज तेस्रो दिन व्रतीलुले सूर्य र उनकी बहिनी छठीमैयाको पूजा आराधना गर्दै छन् ।
यस अवसरमा बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जालमार्फत सबै फ्यानलाई छठ पर्वको शुभकामना दिएका छन् । सन् २०१९ मा आएको ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ देखि हरेक वर्ष भक्तजनलाई छठको शुभकामना दिन उनले बिर्सने गरेका छैनन् ।
देशवासीलाई छठ पूजाको शुभकामना दिँदै ऋतिकले लेखेका छन्, ‘छठ पूजाको महान् पर्वमा सबैलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना’
छठ पूजा के महापर्व पर, सभी को मेरी तरफ से ढेर सारी शुभकामनाएं… 🙏🏻
— Hrithik Roshan (@iHrithik) November 10, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया