काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट्प्रमुख ई. अभिषेक झाद्वारा ओ.पि.सि. सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी प्रदान गराएका हुन् । साथै, घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दाभुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा समेत जानकारी तथा तालिम प्रदान गराइएको थियो ।
कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया