काठमाडौं । ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । फेरियल हाउस फेशन ट्रेड सिजन टू का आयोजक संस्था फेसियल हाउसले जानकारी दिएको छ । यस पटक फेसियल हाउसले जेठ ११ गते सिजन टू को आयोजना गर्नेछ । यो फेशन शोका लागी मोडल मात्रै नभई रोल मोडल समेत छानेको आयोजक संस्था फेसियल हाउसकी अध्यक्ष सुष्मा महराले बताइन् । उनले भनिन्, समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यावसायको क्षेत्रमा आफुलाई स्थापितहरुलाई र्याम्पामा उतार्ने प्रयास हाम्रो हो ।
त्यसैले यस फेसन शोमा चर्चित कलाकार, गायक, गायिकाहरुका साथै तिनै कला क्षेत्रका समाचार प्रकाशन गर्ने पत्रकारहरु, समलिङ्गी व्याक्तिहरुलाई र्याम्पमा उतार्ने योजना रहेको आयोजकले बताए । फेसियल हाउसले समय अनुसार चल्ने फेशनलेबल डीजाइन, मेकअप, भविष्यमा चल्नसक्ने डिजान र मेकअप ट्रेन्डलाई हामीले प्रस्तुत गर्ने आयोजक संस्थाको भनाइ रहेको छ ।
फेसियल हाउस फेशन ट्रेड सिजन टूमा फेशनको दुनियाँमा अझ बढि सान्दर्भिक र बिम्ब सिर्जना गर्नेछ, सुष्माले भनिन् । फेशन मिलेका ज्यान भएकाहरुका लागी मात्रै नभई ज्यान अनुसार मिलाउनेलाई फेसन भन्ने मान्यतालाई स्थापीत गर्ने भन्दै सवै प्रकारका जिउडाल भएकाहरुको लागी पनि मिल्दो फेशन हुनुपर्छ ।
आयोजक संस्थाका अनुसार मान्छेको उचाई, लम्वाई र चौडाईलाई मात्रै सौन्दर्यको मानक मान्ने होइन, भन्ने देखाउनैका लागी पहिरन राम्रो लगाएर फेशन हुँदैन, त्यो अनुसारको मेकअप, हेयर डिजाइन गर्न सक्यो भनेमात्रै त्यो फेशन हुन्छ । यसैलाई दर्शाउनका लागी फेसन ट्रेड सिजन टसको आयोजना गर्न लागीएको हो ।
यस पटकको फेशन ट्रेडमा शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुंगाना, साप्ताहिकका सम्पादक सुवास ढकाल, कमनाका सम्पादक विदुर गिरी लगायतका पत्रकारहरु र्याम्पमा हिँड्ने छन् । पत्रकारहरुलाई यसरी फेशन शोमा उतारिएको घटना सम्भवतः यो पहिलो हुनेछ । यसैगरी अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्यलगायत मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, अभिनेताहरु आमेश भण्डारी, यशराज गराच साथै ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम र्याम्पमा उत्रनेछन् । कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन् । फेशन ट्रेड सिजन टू का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफी लक्की खड्की, स्मित तामाङ, ड्रेस डिजाइन प्रेम देब, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाईनमा बिगेन तामाङ रहने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया