धुमुर्स-सुन्तलीले गरे डिभा बुटिकको उद्घाटन, क्रिकेट रंगशाला निर्माण गर्न १ लाख सहयोग

काठमाडौं । पछिल्लो समय कलाकारिताभन्दा पनि समाजसेवामा सक्रिय जोडी हाँस्यकलाकार सिताराम कट्टेल, कुन्जना घिमिरे र पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयुक्त रुपमा आइतबार ललितपुरको मानभवन स्थित अन्तर्राष्ट्रिय स्तरको डीचा बुटिकको उद्घाटन गरेका हुन ।

कार्यक्रममा डीभा बुटिकको तर्फबाट धुर्मुस–सुन्तली फान्डेसनलाई अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणको लागी १ लाख ११ हजार १ सय ११ नगद सहयोग प्रदान गरियो । कार्यक्रममा बोल्दै कलाकार तथा समाजसेवी सिताराम कट्टेलले फेशन पारखिहरुका लागी डीभा फेशन हबको रुपमा स्थापित हुने आशा गरे । यस्तै आफुले निर्माण गर्न लागेका क्रिकेट रंगशाला डेढ वर्ष भित्र पुरा गर्ने भन्दै यस्ता सहयोगी हातहरुले आफुलाई समाजसेवामा प्रेरणा मिलेको बताए ।

विगत लामो समय देखि फेशन डिजाइनमा सक्रिय जेनी श्रेष्ठ र पूर्व मिस नेपाल सदिक्षा क्षेष्ठले मिलेर डीभा बुटिको सुरुवात गरेका हुन् । यहाँ बुटिक आइटम, जेडी कलेक्सन आइटम, सिभाना कलर्सका मेकअप कस्मेटिक आइटम, विभिन्न देशका उत्कृष्ट  डिजाईनयुक्त लेडिज व्याग उपलब्ध रहने सञ्चालकले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?