काठमाडौं । बलिउडको क्यूट जोडीका रुपमा चिनिने रणवीर कपुर र आलिया भट्ट आफ्नो फिल्मभन्दा पनि आफ्नो प्रेम जीवनको कारण पछिल्लो समय निकै चर्चामा छन् ।
दुवैको प्रेम फिल्म ब्रह्मास्त्रबाट सुरु भएको थियो तर फिल्म रिलिज हुनुअघि नै उनीहरुको विवाहको खबरले हेडलाइन बनिरहेको छ । योसँगै रणवीर र आलिया पनि एकअर्काको हात समातेर रोमान्स गरिरहेका देखिन्छन् ।
रणवीर आलियाको विवाह अर्को वर्ष हुनसक्छ,
लामो समयदेखि विक्की र कट्रिनाजस्तै रणवीर र आलियाको पनि डिसेम्बर महिनामा विवाह हुनसक्ने खबर आएको थियो । फ्यानहरु पनि उनीहरुको विवाहको प्रतिक्षामा छन् । तर, अहिले आएको खबरले फ्यानहरुको पर्खाइ झनै बढेको छ । समाचार अनुसार रणवीर र आलियाले अप्रिल महिनामा विवाह गर्न सक्नेछन् ।
आलिया र रणवीरको विवाहको बारेमा उनीहरुको परिवारबाट पनि स्पष्ट जानकारी आएको छैन । हालै दीपावलीको अवसरमा आलिया र रणवीर काली पूजा पण्डलमा देखिएका थिए ।
उनीसँगै फिल्म निर्देशक अयान मुखर्जी पनि थिए । यस क्रममा आलिया र रणवीर निकै रोमान्टिक स्टाइलमा देखा परेका थिए र दुवैको प्रेमले भरिएका धेरै पलहरू क्यामेरामा कैद गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया