जब ‘कुकुरको छाउरो’ बढेर भिमकाय भालु भयो

एक चिनिया महिलाले दुई वर्ष अघि विदामा भोटे कुकुरको एक ‘छाउरो’ किनेकी थिइन् । कालो रङ्गको त्यो ‘छाउरो’लाई उनले ‘सानो कालु’ नाम दिइएकी थिइन् । उक्त छाउरो हर्लक्कै बढ्यो । त्यो ‘छाउरो’ बढेर २०० किलोको दुर्लभ एशियाली बालुको बन्न पुग्यो । 

अहिले यो जीवलाई एक जन्तु संरक्षण केन्द्रमा राखिएको छ ।

“मैले घर ल्याउदा त्यो सानो भुत्ले छाउरो थियो । सानो रहिन्जेल त्यो त्यस्तै रह्यो । जति जति त्यो बढ्दै गयो त्यो त्यति त्यति भालुजस्तै देखिन थाल्यो । मलाई फेरी भालुसँग डर लाग्छ ।” भालु हुर्काएकी सु युनले भनिन् । युन चीनको दक्षिण पश्चिम युनान प्रान्तमा रहेको युलिङ्ग काउन्टीको एक सानो गाँउमा बस्छिन् ।

आफूले कुकुरको छाउरोको साटो अरुनै जीव किनेर ल्याएको थाहा पाए पछि पनि दुई वर्षसम्म उनले उक्त जनावर हुर्काइन् । त्यो क्रममा उनको ‘सानो कालु’ सम्बेदनशील जीव भएको पाएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?