काठमाडौं । इ–सेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
यस सम्झौतासँगै मलेसिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इ–सेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् ।
त्यसैगरी, नेपालमा रहेका इ–सेवा मनी ट्रान्सफरका ८ हजारभन्दा धेरै एजेन्टमार्फत पैसा पाउन सकिनेछ । साथै ५० लाखभन्दा बढी प्रयोगकर्ताहरु रहेको इ–सेवा वालेटमा ट्राङ्लोका नेटवर्कमार्फत आएको रेमिट्यान्स् लोड गर्दा ७७ रुपैयाँको वालेट बोनस प्राप्त हुनेछ भने सिधै बैंक खातामा पनि रेमिट्यान्स प्राप्त गर्न सकिनेछ ।
ट्राङ्लोसँगको सम्झौतासँगै इ–सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक, अजेस कोइरालाले ट्राङ्लोजस्तो विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्झौता गर्न पाएकोमा हामी निकै उत्साहित भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया