काठमाडौं । जेठ २५ गतेबाट नेपालभर प्रदर्शन हुने सिनेमा 'चंङ्गा'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक ट्रेलर हास्य रसले भरिएको छ ।
हास्य कलाकार तथा निर्देशक किशोर भण्डारी (डिठ्ठा साप) ले निर्देशन गरेको सिनेमालाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन भने चंङ्गामा कार्यकारी निर्माताको रुपमा प्रकु पाण्डे रहेका छन् ।
एक युवाको प्रेममा पैसाको कारण आउने समस्याको वरीपरि सिनेमाको कथा घुमेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक भण्डारीले फिल्म टेलि चलचित्रजस्तो नबनेको दाबी गरे । 'टेलि-फिल्म बनाएका हास्यकलाकारले निर्माण गरेको सिनेमालाई नराम्रो दृष्टिले हेर्ने गरिन्छ, यो पूर्ण रुपमा ठूलो पर्दाको चलचित्र हो, साथै विशुद्ध नेपाली सिनेमा हो ।'
साथै उनले ट्रेलर हेर्दा अपहरणको कथा जस्तो लागे पनि यो वास्तविक कथालाई आधार मानेर निर्माण गरिएको बताए । ६ महिनादेखि बालक शौचालयमा थुनिएको कथालाई लिइएको उनले बताए ।
फिल्ममा बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, प्रेमवर्षा खड्का, रेश्मा तिमिल्सिना, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
त्यस्तै राजनराज सिवाकोटी र कमल खत्रीको संगीत, नवराज उप्रेतीको छायांकन, रविन आचार्यको डिओपी, सिनेमामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया