अमेरिकी दुताबास जेरूसेलम सार्दा ५५ प्यालेस्टार्इनी मारिए

गाजा : अमेरिकाले र्इजरालयस्थित अाफ्नो दुतावास प्यालेस्टार्इनसँगको विवादित क्षेत्र जेरूसेलममा सार्दा भएको विरोध प्रदर्शनमा ठूलो मानवीय हताहती भएको छ । ५५ प्यालेस्टार्इनीलार्इ र्इजरायली सेनाले मारिदिएको छ । २ हजार ७ सयभन्दा बढि घार्इते छन् । 

सोमबार प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेपका विरुद्ध लक्षित थियो। 

इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सेनाबीच झडप हुँदा सोमबार उनीहरूको मृत्यु भएको हो । प्रदर्शनमा सहभागी सयौं प्यालेस्टिनी मध्ये झण्डै नौ सय जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । 

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले कम्तीमा ५५ जना प्यालेष्टिनीप्रदर्शनकारी मारिएको र सयौँको सङ्ख्यामा प्रदर्शनकारी घाइते भएको पुष्टि गरेका छन्। घाइतेमध्ये सैयाैं प्यालेस्टार्इनीलार्इ इजरायली सेनाले प्रहार गरेको गोली नै लागेको छ। 

प्यालेष्टिनी प्रदर्शनकारीहरुले आवेगमा सिमाना छुट्याउनका लागि लगाइएको काँडेतार काटेर फालिदिएका छन् । गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीहरुको एउटा ठूलो समूहले सोमबार पनि प्रदर्शन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?