विश्वव्यापी व्यापारमा चिनियाँ अडान पछाडि के छ ?

एजेन्सी: विश्वका दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका देशहरू अमेरिका र चीन  दुबैले अहिले व्यापार युद्ध छेडन लागेका छन् । यी दुईबीच पूर्ण आकारको व्यापार युद्ध भडकिने त होइन भन्ने खतराको आंशका गरिँदै छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा हुने चिनियाँ आयातमा अर्बौ डलर बराबरको नयाँ भन्सार महसुल लगाउने चेतावनी दिएर व्यापार विवाद ल्याए ।

ट्रम्पले यो चेतावनी दिँदा चीनलाई अमेरिकी उत्पादनहरूको बढी आयात गर्न , महसुल घटाउन र अमेरिकी कम्पनीहरूलाई चिनियाँ बजारमा सहज पहुँच दिनु पर्ने शर्त तेस्र्याए । चीनले यसो नगरेमा अमेरिकाले चिनियाँ उत्पादनमा थप नयाँ महसुल थप्ने चेतावनी ट्रम्पले सार्वजनिक गरे ।

जस्ताको त्यस्तै चीनले पनि जवाफ फर्कायो । अमेरिकी उत्पादनहरूमा आफूले पनि अर्बौ अमेरिकी डलर बराबरको महसुल थप्ने  बेइजिंगले भनेको छ ।

चीन र अमेरिका दुबै ठाउँमा हुर्केका बीबीसीका संवाददाता सिन्डी सुइले चिनियाँ मानसिकताबारे खुलाएकीछन् । व्यापारमा चिनियाँहरूको मस्तिष्कमा इतिहासले प्रभाव पारेको छ । साथै उनले वासिंटन र बेइजिंग दुबैले व्यापार साझेदारको रूपमा एकअर्काबाट सिक्न सक्छन त्यसको बाटो पनि सुझाएकी छिन् ।

बेलायती नियन्त्रणबाट व्यापारलाई मुक्त गर्दै सन् १७८३मा अमेरिकाको क्रान्तिकारी युद्ध समाप्त भयो । त्यसयता अमेरिकीहरूले चिनियाँ बजारमा आफ्नो भाग्य बनाउन प्रयास गर्दै आएका छन् ।
त्यसयता आत्मनिर्भरतामा जोड दिँदै  चीनले बाहिरका व्यापारका लागि आफ्नो ढोका खोल्न हिचकिचायो ।

चीनले भुक्तानीका लागि चाँदी मात्र लिने गरी बाधा लगायो । हंगकंग नजिकको तेह्र कारखाना (द थर्टिन फ्याक्ट्रिज) भनेर चिनिने गुआझउ सहर नजिकको क्षेत्रमा चीनको पश्चिमासँगको व्यापार सिमित हुन  पुग्यो ।

त्यतिबेला देखि अहिले सम्म अमेरिकी व्यापारीहरूले चिनियाँले किन्न खोज्ने वस्तुको उत्पादन गर्न संघर्ष गरे । अमेरिकीहरूले पूर्वी एसियामा पाइने टनिकहरूको राजाको रूपमा चिनिएको  गिनसेंग र भुवाहरू चिनियाँहरूलाई धेरै बेचे । अमेरिकी उपभोक्तालाई चिनियाँ उत्पादन बेचेर भन्दा धेरै धन उनीहरूले बनाए ।

त्यो समय यता चीनलाई लामो दुरी पार गर्न लाग्यो । अहिले चीन दुनियाँको सबैभन्दा ठूलो व्यापार गर्ने देश बनेको छ । यसले कुनै पनि देश भन्दा बढी निर्यात गर्छ । अमेरिकामा हुने चिनियाँ आयात मात्रै दोस्रो हो ।

चिनियाँहरूमा आत्म निर्भर बन्ने चाहना अहिले पनि धेरै बलियो छ । विदेशी उित्पादनमा उच्च महसुल थप्ने , विदेशी कम्पनीलाई बजारमा पहुँच हुन दिन बाधा थप्ने , धेरै सामान बेच्न ती कम्पनीहरूलाई प्रविधि ल्याउन बाध्य पार्ने र यी कम्पनीहरूबाट बौद्धिक सम्पत्ति अधिकारको उल्लंघनको विषयमा आँखा चिम्लने बानीले चीनको यो चाहनालाई दर्शाउँछ ।

इतिहासले यो मानसिकतालाई व्याख्या गर्न सहयोग गर्छ ।पश्चिमा देशहरूका लागि व्यापार गर्न आफ्नो ढोका खोल्न बाध्य भएका समयलाई चिनियाँहरूको दिमागमा अझ छ ।

१९औं शताब्दीमा युरोपेली देशहरूले चिनियाँ बजार खुला गर्न सैनिक शक्तिको प्रयोग गरे । चीनबाट मुद्रा कमाउन बेलायत र अमेरिकीहरूले चीनमा अफिमको तस्करी गरे र चिनियाँहरूलाई लागू औषधको कुलतमा फँसाए ।

यसैबीच जापानले चीनलाई असमान सन्धीहरूमा हस्ताक्षर गर्न बाध्य पा¥यो । ती सन्धीहरूले विदेशीहरूलाई चीनमा स्वायत्त आर्थिक आधार खडा गर्न सहज बनायो ।

इतिहासको यो विषयले व्यापार कहिल्यै पनि निष्पक्ष खेल भएन भन्ने सिकाएको छ । उनीहरूको मानसिकतामा यो बसेको छ । चिनियाँहरूमा अमेरिकाको भन्दा ठूलो व्यापार बचत हुनुपर्ने आफ्नो व्यवहारिक बुझाइ रहेको छ ।साथै व्यवसायबाट राम्रो फाइदा लिनुपर्ने विश्वासबाट परिचालित भइरहेका छन् ।

चीन भ्रमण गर्नेहरूलाई त्यहाँको बजारबारे अनुभव भएकै होला । बेइजिंगको प्रसिद्ध रेशम बजार (सिल्क मार्केट) समेत सडकपेटीका पसलहरूमा मूल्य तोकिएको पाइदैन् । यो नहुनुमा व्यापारीहरूले ग्राहकसँग मोलमोलाईबाट राम्रो फाइदा लिने प्रयास गरिरहेका हुन्छ ।

व्यापारीले पहिला धेरै दाम बताउने पछि तलको मूल्यमा सामान बेच्ने गर्छन् । खरिदकर्ता तिर्न खोजेको न्यून मूल्य भन्छन् र दाम मिलेन भने अर्को पसलमा जाने गर्छन् । बिक्रेताले बोलाएर मिल्न सक्ने दाममा सामान बिक्री गर्ने गर्छन् ।

कतिपयलाई यो मन नपर्न सक्छ । तर जब यो बजारको अनुभव भइहाल्छ तब खरिद बिक्रीको यो खेलमा रमाउन मन लाग्छ ।चीन र अमेरिका बीच केही वर्ष यता केही हराएजस्तो देखिन्छ । दुबैमा धन कमाउने चाहना एक अर्काबाट बढी रहेको छ ।  

चिनियाँ र अमेरिकीहरूले एक अर्का बीच राम्रो सम्झौत गरी फाइदा लिने विषय बिर्सेका छन् ।

चीनले अमेरिकालाई स्मरण गराउनु पर्छ कि अमेरिकी कम्पनीले चीनमा सस्तो श्रम मूल्यमा सामान बनाएर धेरै नाफा कमाएका छन् । ती कम्पनीहरूले आफ्नो पर्यावरण प्रदुषित गरेको उल्लेख नगरी चीनले अमेरिकालाई यो स्मरण गराउनु पर्छ ।  

अनि अमेरिकाले चीन के चाहन्छ त्यो बुझनु पर्छ । बोइंग विमान चीन अमेरिकाबाट धेरै किन्न चाहन्छ । बेइजिंगले यो राम्ररी अमेरिकालाई स्मरण गराउन सक्छ ।

ठीक यहि बेला अमेरिकाले चीनलाई सापेक्षिकरूपमा सस्तो महसुलमा धेरै सामान बेचेर फाइदा उठाएको जनाउनुपर्छ । इतिहासको गलत कार्यबाट पश्चिमाहरूले उठाएको फाइदबाट चीन अब पीडित रहेन । चीनले प्रमुख व्यापार गर्ने देशसँग निष्पक्षखेल खेल्नुपर्छ भन्ने विषय अमेरिकाले चीनलाई स्मरण गराउनुपर्छ ।

तर यो एक कठिन लडाइ हुनेछ । अमेरिकाले धोका भएको अनभुव गर्न सक्छन भने चीनले धेरै खराब अनुभव गर्न सक्छ । यो सत्य हो होइन तर धेरैले अमेरिका खाली भाँडो हो यसलाई चीनले ध्वस्त गर्छ भन्ने सोच्छन् ।

वी च्याटले ट्रम्पलाई चीनको उदयबाट आत्तिएको आरोप लगाए । के अमेरिकाले अफिम युद्ध दोहो¥याउन खोजेको छ ?  अमेरिकाले चीनलाई पूर्व सोभियत संघ जस्तो टुक्रा टुक्रामा पार्न खोजेको आंशका पैदा भएको सम्पादकीय पनि छापिएका छन् । यस्ता विषयमा यी दुई देशबीचको समझदारी र विश्वास पलाउन समय लाग्ने देखिन्छ ।

ट्रम्प चीनसँग कसरी सम्झौत गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेको देखिन्छ । टम्पले चिनियाँ उत्पादनमा १ खर्ब अमेरिकी डलर बराबरको महसुल थप्ने भनिरहँदा उनले राष्ट्रपति सी र आफू सधैं मित्र रहने पनि ट्विट गरेका छन् ।

सीले नयाँ सम्बोधनमा चीनले नयाँ चरणमा प्रवेश गर्ने बताए । मध्यमवर्गको उदय र आम्दानी बृद्धिको अवस्थामा चीन पश्चिमा उत्पादनको उपभोक्ता हुनेछ । त्यसैले ट्रम्प प्रसाशनले चिनियाँहरूसँग दुईपक्षीय व्यापारबारे विश्वस्त वातारण बनाउनुपर्ने देखिन्छ । यी दुई व्यापार साझेदारहरूले  सर्वोत्तम मित्रहरूले गर्ने व्यवहारबाट फाइदा लिन पर्छ  सुइकाे सल्लाह छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?