विश्वका दश धनि कम्पनीमा वालमार्ट शीर्षस्थानमा

एजेन्सी :आम्दानीका आधारमा सन् २०१८मा विश्वका दश धनी कम्पनीहरूको सूचीको शीर्षमा वालमार्ट रहेको छ । धनि कम्पनीमा स्थान बनाउनका लागि केही मापदण्ड तय गरिएका हुन्छन् ।कम्पनीहरूको छनौट त्यसको आधारमा गरिन्छ ।

बजारको पहुँच, आम्दानी , मुनाफा र ब्रान्डको मूल्यलगायतका विषय मापदण्डमा समावेश गरिएका हुन्छन् । उदाहरणका लागि स्टास्टिका डटकमले बजारको मूल्यका आधारमा १० ठूला कम्पनीको सूची तयार गरेको छ ।

स्टकबजारमा कम्पनीको विद्यमान हैसियतलाई ध्यान दिएर यो सूची तयार गरिएको छ । यसको शीर्षमा फेसबुक, अमेजन र अल्फाबेटलाई राखिएको थियो । तर बजारको पहुँच, आम्दानी , मुनाफा र ब्रान्डको मूल्यलगायतका विषय मापदण्डमा समावेश गरिएका अाधारमा वालमार्ट शीर्षमा बनेकाे हाे ।

वालमार्टको आम्दानी सन् २०१७मा ४८५.९ अर्ब अमेरिकी डलर रहयो ।

दोस्रो कम्पनी स्टेट ग्रिड कर्पोरेसन अफ चाइना भयो । यसको आम्दानी ३१५.२ अर्ब अमेरिकी डलर रहयो ।

तेस्रो धनि कम्पनी सिनोपेक ग्रुप हो । यो कम्पनीको आम्दानी २६७.५ अर्बअमेरिकी डलर छ ।

चाइना नेशनल पेट्रोलियम कर्पोरेशनले सन् २०१७मा २६२.६ अर्ब कमाएर चौथो ठूलो धनि कम्पनी बन्यो ।

टोयोटा मोटरले २५४.७ अर्ब अमेरिकी डलर बराबरको आम्दानीका साथ पाँचौ नम्बरमा छ ।

६टौं नम्बरमा फक्सवागन छ । यसले २४०.३ अर्ब अमेरिकी डलर कमायो ।७ औं नम्बरमा रोयल डच शेल कम्पनी हो । यसले २४० अर्ब अमेरिकी डलर कमाएको छ ।

८औं नम्बरमा बर्कशायर हाथवे कम्पनी हो । यसको आम्दानी २२३.७ अर्ब अमेरिकी डलर बराबरको छ ।

९औं स्थानमा एप्पल इंक छ । यसको आम्दानी २१५ अर्ब अमेरिकी डलर बराबरको छ । अनि १० औं सबै भन्दा धनि कम्पनी एक्सन मोबिल छ । यसले २०५ अर्ब अमेरिकी डलर कमाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?