आजको मौसम पूर्वानुमान

लोकपथ
77
Shares

काठमाडौं । आज प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आजै राति प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य वदली तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?