काठमाडौं । काठमाडौंस्थित मेगा कलेजको सभा हलमा ‘किन लाग्यो इन्द्रेणी’ गीतको भिडियो रिलिज भएको छ ।
शनिबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ व्यक्तित्व अशेष मल्लको हातबाट भिडियो रिलिज भएको हो ।
डा. रेणुका सोलुको शब्द, आर.सि. थापाको सङ्गीत अनि स्वरुपराजको स्वरमा तयार भएको उक्त गीतको भिडियो रिलिज कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा,डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा,अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत,सञ्चारकर्मी शिखर गजारकोटे,धनवल राई, रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शंकर, पुरन ओली,मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की, लगायतको उपस्थिति थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा रक्षा थापा बस्नेतको यो देशको भविष्यमा अत्यन्तै आशलाग्दो कलाकार भएको कुरा अशेष मल्लले बताए र कलाकारको भविष्य सुन्दर रहेको कुरा पनि उनले जोड दिए । नयाँ पुस्ता अझ छोरीपुस्तालाई हरेक क्षेत्रमा अगाडि बढ्न हौसला दिनुपर्ने र अबको संसार हाँक्न छोरीहरू पनि तयार हुनुपर्ने कुरा जोड्दै यो गीतको शब्द, सङ्गीत, अभिनय त्रीवेणीका रुपमा तिनवटै पक्ष अत्यन्तै उत्कृष्ट रहेको र अझै उत्कृष्ट कर्म गरिरहन छोरीपुस्तालाई शुभाशिष दिँदै गीता खत्रीले आफ्नो मन्तव्य बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया