‘कान्स फिल्म फेस्टिवल’ ऐश्वर्य भन्दा हिट आराध्या

मुम्बई । बलिउडमा एक समय निकै चर्चित थिइन अभिनेत्री ऐश्वर्य राय बच्चन । अहिले पनि उनको सुन्दरताको तारिफ  उत्तिकै चर्चा हुन्छ । उनै ऐश्वर्य यतिबेला कान्स फिल्म फेस्टिवलमा सौन्र्दय पस्किरहेकी छिन् ।  अन्य बर्ष झैँ यस बर्ष पनि ऐश्वर्य उत्तिकै सुन्दर भएर रेड कार्पेटमा उभिइन् । अघिल्ला केहि बर्षजस्तै यस बर्ष पनि उनको साथमा  थिइन्, छोरी आराध्या बच्चन । होटल देखि रेड कार्पेटसम्म लिएका उनका र आराध्याका तस्बिर यतिबेला भाइरल भैरहेका छन् । 'स्टार' कलाकारकी छोरी भएकै कारण उनी सधैँ समाचार बन्ने गर्छिन्। 

कान्स फिल्म फेस्टिवलमा त झनै आराध्या आमाजत्तिकै 'स्टार' बन्ने गर्छिन् । भर्खरै मात्रै ऐश्वर्यले इन्स्टाग्राम अकाउन्ट खोलेकी छिन् । ऐश्वर्यले लगातार आफ्नो र छोरीको फोटो अपलोड गरिरहेकी छिन् । ऐश्वर्यले एक भिडियो पनि सेयर गरेकी छिन् । जसमा आमा ऐश्वर्यसँगै छोरी आराध्या पनि अघि बढिरहेकी छिन् । 

उनी आमाको हात समातेर फन्को मारिरहेकी छिन् । सो  भिडियो अहिले भाइरल भइरहेको छ । त्यसो त उनि  नयाँ सिनेमा 'फन्ने खान'मा चाँडै अनिल कपुरको साथमा देखिँदैछिन् । यो भन्दा पहिले ऐश्वर्य २०१६ मा रणवीर कपुरसँग 'ऐ दिल है मुस्किल'मा देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?