काठमाडौं । बलिउडका प्रतिभाशाली अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखाको विवाहको चर्चा केही समयदेखि चलिरहेको थियो । राजकुमार र पत्रलेखाले इन्गेजमेन्ट गरेका छन् ।
शनिबार नै उनीहरुले प्रि वेडिङ सेलिब्रेशन गरेका थिए जहाँ राजकुमार र पत्रलेखा निकै रोमान्टिक स्टाइलमा देखिएका थिए । यस क्रममा राजकुमार सेतो सूटमा राजकुमारजस्तै देखिन्थे, उनीसँगै पत्रलेखाले पनि सेतो गाउन लगाएकी थिइन् जसमा उनी निकै सुन्दर एकी थिइन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा राजकुमारले पत्रलेखालाई घुँडा टेकेर प्रपोज गरेको देखिन्छ ।
राजकुमारले घुँडा टेकेर मसँग विवाह गर्छौं भनेर सोधेको प्रश्नमा पत्रलेखाले पनि घुँडा टेकेर उक्त प्रस्ताव स्वीकार्छिन् ।
यसपछि दुवै जना एकअर्कालाई औँठी लगाएर नाच्न थाल्छन् । अहिले राजकुमारको यो रोमान्टिक स्टाइललाई फ्यानहरुले मन पराइरहेका छन् भने पत्रलेखाको स्टाइललाई पनि मानिसहरुले रुचाएका छन् । निकै मिठो र सुन्दर स्टाइलमा दुबैले इन्गेजमेन्ट गरेका छन् । उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
राजकुमार र पत्रलेखाको बिहेको खबर लगातार चर्चामा रहे पनि दुवै स्टारबाट खुलेर केही बोलिएको छैन । तर, अब संसारसामु औँठी लगाएर उनले आफु बिहे गर्न लागेको सबैलाई बताएका छन् ।
उनीहरुको विवाह आज चण्डीगढमा हुँदैछ । आज रात उनीहरुको विवाहका सबै संस्कार सम्पन्न हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया