‘रेश ३’ को ट्रेलर रिलिज,सलमानको एक्सन अवतार

बलिउड सुपरस्टार सलमान खान अभिनित नयाँ सिनेमा रेश ३ को ट्रेलर रिलिज गरिएको छ । रेमो डिसुजा निर्देशीत सिनेमा जुन १५ बाट रिलिज गरिने छ । सिनेमामा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

रमेश तैरानीले निर्माण गरेको सिनेमाका मुख्य दुई नायिका ज्याकलीन र डेजी निकै बोल्ड अनि ब्युटि देखिएका छन् । सलमानले आजसम्म फिल्ममा भिलेनको भूमिका निर्वाहा नगरेका कारण उनले ‘रेस ३’ मा नेगेटिभ रोल चयन गरेका हुन् । उक्त फिल्ममा उनको रोल पूरै नेगेटिभ भने छैन । उनी ‘रेस ३’ मा साइकोलोजिकल भिलेनको भूमिकामा देखिँदैछन् । 

खबरअनुसार, यस सिनेमाले प्रदर्शन अगावै १९० करोडको कमाई गरेको छ । मिडियाको खबरलाई आधार मान्ने हो भने ‘रेस ३’ का प्रोड्यूसर रमेश तौरानीले यस फिल्मको थिएट्रिकल राइट्स इरोज इन्टरनेशनललाई १९० करोडमा बेचेका हुन्  । यो सलमानको पहिलो सिनेमा हो जसको थिएट्रिकल राइट्स सबैभन्दा महँगो मूल्यमा विक्रि भएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?