काठमाडौं । अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बलिउडका क्यूट जोडी बनेका छन् । दुवै लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । लामो समयदेखि रणवीर र आलिया आफ्नो विवाहको खबरलाई लिएर चर्चामा छन् ।
रणवीर र आलिया यसै वर्ष बिहे गर्ने दाबी गरिएको थियो र त्यसपछि उनीहरुको विवाह अर्को वर्षसम्मका लागि स्थगित भएको खबर आएको थियो । यसैबीच, अहिले आलिया भट्टले सामाजिक सञ्जालमा आफ्नो एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले आफ्नो विवाहसँग सम्बन्धित प्रश्नको जवाफ दिएकी छिन् ।
आलिया भट्टले आफ्नो युट्युब च्यानलमा ‘ए डे इन द लाइफ अफ आलिया भट्ट’ शीर्षकको भिडियो सेयर गरेकी छिन् । यस भिडियोमा अभिनेत्रीले केही समयअघि आयोजित ‘आस्क मी एनिथिङ’ सत्रमा फ्यानले सोधेका केही चुनौती प्रश्नको जवाफ दिएकी छिन् ।
एक फ्यानले आलिया भट्टलाई आफ्नो मोबाइल कभरको तस्बिर देखाउन आग्रह गरे। यसमा आलियाले लाज मान्दै आफ्नो मोबाइल कभर देखाइन् जसमा उनको र रणवीरको सुन्दर तस्बिर थियो । यससँगै आलियाले भनिन्, ‘यदि तपाईँ रणवीरको अनुमान गर्दै हुनुहुन्छ भने तपाईँ एकदम सही हुनुहुन्छ ।’
आलिया भट्टलाई एक फ्यानले सोसल मिडिया ट्रोलिङ र नेगेटिभिटीको सामना कसरी गर्नुहुन्छ भनेर प्रश्न गर्छन् । यसबारे अभिनेत्रीले भनिन्, ‘म भन्न चाहन्छु कि यी सबै कुरालाई गम्भीरतापूर्वक लिनु हुँदैन। मलाई एक महान् व्यक्तिले भनेका थिए, सफलतालाई दिमागमा र असफलतालाई हृदयमा कहिल्यै नलिनुहोस्। त्यसै गरी, तपाईंले आफ्नो शिरमा प्रशंसा र हृदयमा खराबी लिनु हुँदैन।’
सोही भिडियोमा आलियाले रणवीरसँगको विवाहको प्रश्नको जवाफ पनि दिइन् । आलियाले भनिन्, ‘मलाई हजारौँ मानिसले प्रश्न सोध्छन्, जसमा धेरैले सोध्छन् म कहिले विवाह गर्दै छु।’ आलियाले आफ्नो जवाफ बीचमै छोडेकी छिन् । अर्थात् नायिका आफ्नो विवाहको बारेमा अहिले धेरै बोल्न चाहन्नन् ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया