आकासे पुल भत्किँदा १६ जनाको मृत्यु

नयाँ दिल्ली (एजेन्सी) : निर्माणाधीन अाकाशेपुल भत्कँदा भारतको वाराणासीमा कम्तिमा १६ जना यात्रुको ज्यान गएको छ । ६० भन्दा बढी व्यक्ति अझै भग्नावशेषमा च्यापिइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउबाट ३०६ किलोमिटर दक्षिणपूर्वस्थित वाराणासीमा सेनाको अस्थायी शिविर रहेको क्षेत्रमै सो दुर्घटना भएको हो । 

निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा ठूलो मानवीय हताहती भएको हो । अझै केहि व्यक्ति भग्नावशेषमै फसिरहेको र उद्दारको काम जारी रहेको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ । एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकीन भैनसकेको बताए । थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए ।  

दुर्घटनाका मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका स्थानीयबासीले जानकारी दिएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी अादित्यनाथले मृतकका परिवारलार्इ पाँच लाख र गम्भीर घार्इतेलार्इ दुर्इ-दुर्इ लाख भारतीय रूपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । दुर्घटनाको अनुसन्धान गर्न प्रदेश सरकारले छानबीन समिति पनि गठन गरेको छ । ४८ घण्टाभित्र छानबीन समितीलार्इ प्रतिवेदन बुझाउन सरकारले अादेश दिउको छ । 

गुणस्तरहिन निर्माण सामग्रीको प्रयोग गरि ठूलो संरचना बनाएको भन्दै शुरूदेखि नै यो पूल निर्माण कार्य विवादमा परेको थियो । उत्तर प्रदेश सेतु निगमले ७७ करोड ४१ लाख ४७ हजार भारतीय रूपैयाँमा पूल निर्माणको ठेक्का दिएको थियो । यो ठेक्का प्रकृयामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी अादित्यनाथ पनि विवादमा मुछिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?