एजेन्सी : चाइना कन्स्ट्रक्सन र्बैैकको जिउजियांग रोडको शाखामा “वेलमक टु चाइना कन्स्ट्रक्सन बैंक, ह्वाट क्यान आइ हेल्प यु विथ टुडे?” सेता दाँत टल्काउँदै सिआयो लोंगले ग्राहकलाई स्वागत गर्छिन् ।
पूर्णरूपमा स्वाचालित मानवमुक्त बैंक शाखामा यसरी स्वागत गर्ने सियाओ मानिस नभएर यन्त्रमानव(रोबोट) हो ।
बैंकको अभिभावकको रूपमा सिआयोले ग्राहकसँग कुराकानी गर्छिन् । बैंक कार्ड र बैंक खाता चेक जाँच गर्छिन् । पीन प्यानबारे जानकारी दिन्छन् । छोटो कुराकानी पछि ग्राहकलाई सिआयोले विद्युतीय ढोकामा पठाउँछिन् । जहाँ ग्राहकको अनुहार र आइडी कार्डको पहिचान(स्क्यान) गरिन्छ ।
भविष्यमा प्रवेश गर्नका लागि एक पटकको अनुहारको पहिचान नै पर्याप्त हुनेछ ।
भित्र नगद लिने दिने कामका लागि स्वचालित मेसिन छन् । अर्को रोबोट भित्र ग्राहकहरूको प्रतिक्षा गरिरहेको हुन्छ ।
धेरै सेक्युरिटी क्यामरा जडान गरिएको छ । लबीमा मात्र ८वटा क्यामरा छ । क्यामराले लुकाउन खोजिएको सबै कुराको जानकारी राख्ने गर्छ ।
चिनियाँ शहरहरूमा रोबोटले दैनिक जीवनलाई नियन्त्रणमा लिइरहेका छन् । ट्रेन स्टेशनमा सुरक्षाको उद्देश्यका लागि रोबोट सेक्युरिटी गार्ड राखिएको छ ।
चिनियाँ इकमर्स जेडीडटकमका प्रमुख कार्यकारीले रोबोटले खुद्रा उद्योगबाट मानव कामदारलाई घटनाक्रमले विस्थापित गर्नेछ । सन् २०२०सम्म चीनको खुद्रा क्षेत्र मानवविहीन हुनेछ । यो तीन गुनाले विस्तार हुनेछ । यसको विस्तार ६५ अर्ब युयान तदनुरुप ७.५ अर्ब पाउन्ड स्टर्लिग बराबरको हुने आइरिसर्चले जनाएको छ ।
रोबोटहरूको प्रयोग भान्सेको रुपमा प्रयोग भइरहेको छ । रेस्टरन्ट र औद्योगिक भान्सा कोठाहरूमा रोबोटको प्रयोग भइरहेका छन् । वेटरको रूपमा रोबोटले काम गरिरहेको छ । उनीहरूको प्रयोग परीक्षण गरि गरिएको छ ।
चीनको पाँच वर्षे रोबोटिक इन्डस्ट्रि डिभलपमेन्ट प्लान अन्तर्गत सन् २०२०समम कम्तीमा १ लाख रोबोट तयार पार्ने लक्ष्य लिइएको छ ।
एआई र रोबोटिक क्षेत्रमा चीनले विश्वव्यापी अगुवाइ गर्न खोजेको प्रोफेसर यु झाउले भने ।
इन्टरनेशनल फेडरेशन अफ रोबोटसका अनुसार विश्वको रोबोट बजारमा चीन सबैभन्दा ठूलो हिस्सेदार भइसकेको छ । विश्वको रोबोट बजार ३० अर्ब अमेरिकी डलर बराबरको छ ।
ताइवानी उत्पादक कम्पनी फोक्सकनले मेसिन राखेर दशौं हजार कामदार विस्तार गर्ने जनाइसकेको छ । यसले ४० हजार रोबोटलाई काममा लगाउने जनाइएको छ । फोक्सकनले सन् २०२०सम्म ३० प्रतिशत स्वचालन प्राप्त गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया