क्षमादान पछि मलेसियाका पूर्व उपप्रधानमन्त्री अनवर रिहा

एजेन्सी : यौन दुराचारमा आरोपित भइ चार वर्षदेखि जेलमा रहेका मलेसियाका पूर्व उपप्रधानमन्त्री अनवर इब्राहिम शाही क्षमादान पछि रिहा भएका छन् । 

९२ वर्षीय महाथिर मोहम्मदको अुगावमा नयाँ गठबन्धन सरकारका लागि अनवरको रिहाइ पहिलो ठूलो सफलता हो । गत साता मलेसियामा सम्पन्न निर्वाचनबाट  महाथिर नेतृत्वको गठबन्धनले सत्तारुढ दललाई बढाएर सरकारमा पुग्यो । यो गठबन्धनले अनवरलाई रिहा गराउने वाचा गरेको थियो ।

प्रधानमन्त्री महाथिरले पहिलो दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् । त्यसपछि सत्ता अनवरलाई सुम्पिने सम्झौता भएको थियो । महाथिरले सत्ताबाहिर रहेर आफूले देशको भलो गर्न सक्रिय रहने जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?