काठमाडाैं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का रबि गहतराजको आवाजमा ‘तिमी मेरै हौ’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीतमा उक्त गीत सार्वजनिक भएको हो ।
नौलो विषय नभए पनि मायाप्रेमलाई नै केही फरक किसिमले प्रस्तुत गरिएको गीतकार लेखु सहयात्रीले बताए । भिडियोमा रबिलाई प्रिया लिम्बुले साथ दिएकी छिन् ।
ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन देवेश राईले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् ।
गोकर्णको रमणीय स्थानमा खिचिएको गीत ‘संगीत भकारी’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया