मोटोपनले सतायो ? यसरी घट्छ तौल

मान्छेहरु तपाईलाई देखेर बाफ्रे कत्ति मोटि भन्छन् ? छोटो समयमा तपाईले धेरै ‘वेट गेन’  गर्नुभयो ? अब चिन्ता नलिनुहोस् । लोकपथ डटकमले केहि महत्वपूर्ण टिप्सहरु प्रस्तुत गरेको छ ।  

एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ । तर, तपाईलाई यदी कुरा ध्यानमा राख्नुपर्छ कि फ्याट फ्रि खाना खानु आवश्यक रहेको छ ।

रातमा खान खाएपछि १० मिनेट पछि एउटा शान्त स्थानमा जानुहोस् । १० मिनेट एउटै ठाउँमा रहेर जगिंग गर्नुहोस् । जगिंगका दौरान स्पीड कम–ज्यादा गर्नुहोस् ।

१० मिनेट पश्चात कम्मरको भरमा जमीनमा बस्नुहोस् र घुडाँको भरमा विस्तारै बिस्तारै छातीको नजिक ल्याउने प्रयास गर्नुहोस् ।  यस एक्सरसाइजलाई ५ मिनेटसम्म गर्नुहोस् ।

महिनासम्म १५ मिनेट लगातार एक्सरसाइज गर्नुहोस् । यसपश्चात तपाईले समय पनि बढाउन सक्नुहुन्छ । 
मोटोपन कम गर्ने बेला प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थ

  • हरियो तरकारी, सलाद (गाँजर, मुला, काँक्रो, टमाटर )। 
  • ताजा फलफूल (केरा,आँपबाहेक)
  • माछा

अन्य केहि उपयोगी टिप्स

  • नियमित व्यायाम गर्ने । 
  • एकसाथ धेरै खानेकुरा सेवन नगर्ने । 
  • राती अबेरसम्म बसेर खाने बानी नगर्ने । 
  • बोसोयुक्त, मसलेदार, तारेको, भुटेको खानेकुरा नखाने ।
  •  पैदल हिँड्ने बानी बसाल्ने ।
  • राती चाडै सुत्ने र बिहान चाडै उठ्ने अभ्यास गर्ने ।

भुलेर पनि नखाऔँ यि चिजहरु 

  • गुलियो बिस्कुट, केक लगायतका बेकरी आईटम 
  • आइसक्रिम, चिनी, चकलेट, मिठाई, जाम
  • घ्यू, तेलमा तारेका खानेकुरा
  • धुम्रपान तथा मद्यपान 

-एजेन्सी
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?