पानी शरिरलाई अत्यावश्यक पर्ने पेयपदार्थ हो । विज्ञहरु भन्छन्, शरिरमा पानीको मात्रा सन्तुलित राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ । त्यसो त सबै व्यक्तिको शरीरको आवश्यकता एकै किसिमको हुँदैन । त्यसैले शरिरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्ने विज्ञले सुझाव दिएका छन् । शरिरले सन्तुलित ढंगले काम गर्नको लागि पर्याप्त पानी पिउनु पर्छ । पानीको मात्रा कमी हुँदा विभिन्न खाले समस्याहरु देखिन्छन् ।
- शरिरमा पानीको अभाव भएको खण्डमा पेटको अल्सर हुन्छ ।
- पर्याप्त पानी अभावमा शरिरमा डिहाइड्रेसन हुन्छ । डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ ।
- शरिरमा प्रर्याप्त पानी नभएमा कब्जियतको समस्या हुन्छ ।
- शरिरमा पानीको मात्र कम हुँदा शरिरको तापक्रम बढ्छ ।
- पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ ।
- शरिरमा पानीको अभाव हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ ।
- हाम्रो शरिरको जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ ।
- जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ ।
- शरिरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ ।
-एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया