कांग्रेस कैलालीको पालिकास्तरीय अधिवेशन आजदेखि सुरु

लोकपथ
49
Shares

धनगढी । नेपाली कांग्रेस कैलालीको पालिकास्तरीय अधिवेशन आजदेखि सुरु हुँदै छ ।

कार्तिक २७ गतेबाट सुरु भएको वडा अधिवेशन सम्पन्न भएपछि आजदेखि पालिकास्तरीय अधिवेशन गर्न लागिएको हो ।

वडा अधिवेशनमा अधिकांश वडामा सर्वसम्मत कार्यसमिति तथा प्रतिनिधि छनाेट गरेको पार्टीले पालिकामा पनि सर्वसम्मत ढंगले पदाधिकारी चयन गर्ने तयारी गरेको जनाइएको छ ।

‘हामीले पालिकामा सर्वसम्मत ढंगले नै पदाधिकारी चयन गराउन छलफल गरिरहेका छौं’ पार्टीका प्रचार–प्रसार विभाग प्रमुख नृपबहादुर सुनारले भने, ‘सोमबार साँझसम्म गौरीगंगा नगरपालिकामा चुनाव हुने देखिएको छ, अन्यमा छलफल भइरहेको छ ।’

प्रदेशकै एकमात्र उपमहानगरपालिकामा नगरसभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले धनगढीको सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिएका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि नेता भीम पडालले उम्मेदवारी घोषणा गरेका छन् । कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुनेछ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ ।

यस्तै, डण्डीराज सुवेदीले धनगढी उपमहानगरपालिका कार्यसमिति सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?