काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र पत्रलेखा विवाह बन्धनमा बाँधिएका छन् । दुवैले आफ्नो विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनीहरुको विवाह चण्डीगढमा उनको परिवार र केही विशेष साथीहरूकाे उपस्थितिमा भएको थियो।
अहिले उनीहरुको विवाहको तस्बिर भाइरल भइरहेको छ । तस्बिर उनीहरुले एकअर्काको साथ पाएको खुसी व्यक्त गरेका छन् । ११ वर्षदेखिको मित्रता, प्रेम र रोमान्सपछि राजकुमार र पत्रलेखाले अन्ततः एकअर्काको हात सदाका लागि समातेका छन् ।
हेर्नुहोस दुवैको विवाहको तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया