काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य परेको छ ।
मंगलबार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गरेको हो । काठमाडौं उपत्यका बाहिरका केही स्थानमा बन्दको प्रभाव देखिए पनि उपत्यकामा भने सामान्य प्रभाव परेको छ । पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो ।
बिहानको समयमा सडकमा कम सवारीसाधन देखिए पनि अहिले सवारीको चाप बढ्दै गइरहेको छ । सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया