पूर्वपत्नी रीना दत्तको घरबाहिर देखिए आमिर खान, पहिरनलाई लिएर बन्यो ट्रोल

लोकपथ
1.2k
Shares

काठमाडौं । बलिउड अभिनेता आमिर खान आफ्नी पूर्वपत्नी रीना दत्तको मुम्बईस्थित घरबाहिर आइतबार राति देखिएका छन् । रीनालाई भेट्ने क्रममा अभिनेता आमिर खान धोती प्यान्ट र टी–सर्टमा थिए ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आमिर खानको पहिरनलाई लिएर खिल्ली उडाइरहेका छन् । एक प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राममा आमिर खानको तस्बिर अपलोड गरेका छन्, जहाँ प्रयोगकर्ताहरूले आमिरलाई उनको पोशाकको लागि ट्रोल गरिरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्– ‘पूर्व पत्नीले पायजामा उपहार दिएकी हुन् ?’

आमिर र रीनाले १८ अप्रिल १९९६ मा विवाह गरेका थिए । आमिर खानका दुई सन्तान रीना, ऐरा खान र जुनैद खान छन् । रीना किशोरावस्थामा आमिर खानकी छिमेकी थिइन् । १५–१६ वर्षको विवाहपछि अभिनेता आमिर खानले रीना दत्तसँग सम्बन्धविच्छेद गरेका थिए ।

आमिर खान, रीना दत्त

रीनासँगको सम्बन्ध विच्छेदपछि आमिरले किरणसँग विवाह गरे पनि रीनासँग उनको सम्बन्ध निकै राम्रो छ । तर, अहिले आमिर खान र किरण राव पनि एकअर्काबाट अलग भइसकेका छन् ।

किरण राव, आमिर खान, रीना दत्त

आफ्नो एक अन्तर्वार्तामा आमिर खानले रीना र उनको विवाह १६ वर्ष भएको बताएका थिए । उनले भने, ‘विवाह गर्दा हामी दुवै सानै थियौं । छुट्टिन हामी दुबैलाई गाह्रो थियो। उनले रीना आफ्नो मुटुको निकै नजिक रहेको बताएका थिए ।

रीना दत्त, आमिर खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?