बबी देवलले गरे बाल्यकालको ‘थ्रोब्याक’ तस्बिर सेयर, धर्मेन्द्रले गरे यस्तो कमेन्ट

लोकपथ
2.3k
Shares

काठमाडौं । बलिउड अभिनेता बबी देवलले आफ्नो बाल्यकालको एक थ्रोब्याक तस्बिर सेयर गरेका छन् । तस्बिरमा उनका बुबा दिग्गज अभिनेता धर्मेन्द्र पहाडको बीचमा लाउन्जरमा बसिरहेका छन्।

बबी देवलले आफ्नो इन्स्टाग्राममा यो तस्बिर शेयर गर्दै हृदयको इमोजी राखेका छन् । यो पारिवारिक तस्बिरमा बबी देवल पिता धर्मेन्द्रको काखमा बसेको देख्न सकिन्छ । बबीका बहिनीहरू विजया र अजिता धर्मेन्द्रको छेउमा बसिरहेका छन्। तस्बिरमा धर्मेन्द्र क्यामेरातिर हेरेर मुस्कुराउँदै छन् । तर, बबीले यो तस्बिर कहाँ र कहिले खिचिएको हो भन्ने खुलाएका छैनन् ।

बबी देओल

यो तस्बिरमा कमेन्ट गर्दै अभिनेता धर्मेन्द्रले लेखेका छन्, ‘लभ यू मेरो प्यारो बच्चाहरु, मीठो सम्झना।’ बुबासँगको यो पुरानो र दुर्लभ तस्बिर देखेर बबी देओलका फ्यानहरू खुसी छन् ।

अभिनेता अभिषेक बच्चन र दर्शन कुमारले पनि यो पोस्टको प्रतिक्रियामा हृदय इमोजीले कमेन्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?