काठमाडौं । चालु आर्थिक वर्षको तीन(असोज) महिनामा शोधनान्तर स्थिति ६ अर्ब १४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाले यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको थियो । त्यस्तै,यस अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो ।
त्यस्तै,यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा
प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया