काठमाडौं । पूर्वमिस नेपाल इशानी श्रेष्ठ वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । सोमबार काठमाडौंको एक पाँचतारे होटलमा उद्योगपति तरुणप्रताप शाहसँग उनले इन्गेजमेन्ट गरेकी हुन् ।
सन् २०१३ मा मिस नेपाल बनेकी श्रेष्ठले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै डिसेम्बर २१ तारिख अर्थात् पुस ६ गते आफूहरुले विवाह गर्ने उल्लेख समेत गरेकी छिन् ।
व्यापारी तथा उद्यमी विश्वनाथप्रसाद शाहका छोरा तरुण शिक्षाविद्को रुपमा पनि परिचित छन् । उनले सेफर्ड कलेज, ट्रिटन कलेज, शुभश्री कलेज सञ्चालन गर्दै आएका छन् ।
सन् २०१३ को विश्व सुन्दरी प्रतियोगितामा उत्कृष्ट १० मा पुग्ने पहिलो नेपाली सुन्दरी बनेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया