एजेन्सी :युरोपेली राजघराना हुँदै आएको नीलो हीराको बिक्री ६७ लाख स्विस फ्रान्कमा जेनेभामा आयोजना गरिएको डाक बढाबढमा बिक्री भयो ।लिलामीको आयोजना गर्ने सोथबीको अनुमान ३५ देखि ५० लाखसम्ममा यो हीराको बिक्री हुने थियो ।
६.१६ क्यारटको कालो खैरो नीलो रंगको हीरा भारतको गोलकोन्डा हीरा खानीबाट निकालिएको थियो । यो हीरा पहिले डयुक अफ पर्माकी छोरी एलिसाबेथ फार्नेसलाई दिइयो ।
उनको विवाह स्पेनका फिलिप पाँचौंसँग सन् १७१५मा भएको बेला यो हीरा दिइएको थियो । यो हीरा सातौ पुस्ता भन्दा बढीका व्यक्तिहरूको हातबाट गुज्रिदै स्पेनबाट फ्रान्स, इटली र अस्ट्रिया पुग्यो ।
अनि यो लिलामीबाट मंगलबार ६७ लाख स्विस फ्रान्कमा बिक्री भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया