काठमाडौं । यसपटक पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुमा सूर्य नेपाल नै रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा सुर्य नेपाल सबैभन्दा बढी कर तिरेको छ । सरकारले हरेक बर्ष कर दिवसको अवसर पारेर सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । अघिल्ला वर्षहरुमा पनि सूर्य नेपालले सबैभन्दा बढी कर बुझाउँदै आएको थियो ।
यसपटक पनि सबैभन्दा बढी कर बुझाउनेको लिस्टमा सूर्य नेपाल नै सबैभन्दा अगाडि परेको हो । सुर्य नेपालले यस आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क करलगायत हरेक शिर्षकमा उच्च कर तिरेपछि सबै भन्दा बढी कर तिर्ने कम्पनीको लिस्टमा परेको हो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ । त्यस्तै, बीमा कम्पनीहरुमा नेपाल पुनर्बीमा कम्पनी तथा पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल सबैभन्दा बढी कर तिर्नेमा परेका छन् ।
त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाले पनि सहकारी तथा लघु वित्तीय संस्थाहरुमा सबैभन्दा बढी कर तिरेर सम्मान प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया