काठमाडौं । दुवै मिर्गौला फेल भएर विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् ।
उनले हिजो (मंगलबार) आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफू अभिनयमा फर्किएको जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले केही तस्बिर अपलोड गर्दै लेखेकी छन्, ‘आज बेलुका ‘मेरीबास्सै हेर्नुहोला । म भेट्न आउँदै छु ।’
उनको मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी छ । करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना पहिले उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया