वीर दासलाई कंगनाले दिइन् आतंकवादीको संज्ञा, कडा कारबाहीको माग

लोकपथ
504
Shares

काठमाडौं । भारतीय कमेडियन वीर दास भारतमा महिलाको अवस्थालाई लिएर आफ्नो एउटा वक्तव्यका कारण विवादमा तानिएका छन् । उनले माफी माग्दै विज्ञप्ति जारी गरे पनि अभिनेत्री कंगना रनौतले वीर दासलाई निशाना बनाएर कारबाहीको माग गरेकी की छिन् ।

कंगना रणौत

कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लामो पोस्ट सेयर गरेकी छिन् जसमा उनले वीर दासको कामलाई आतंकवादसँग तुलना गरेकी छिन् ।

कंगनाले वीर दासलाई आतंकवादसँग तुलना गरेकी छिन् र उनले कडा कारबाहीको माग गरेकी छिन् ।

वीर दासले के भनेका थिए ? 

६ मिनेटको भिडियोमा दासले भारतको कथित दोहोरो चरित्रको उल्लेख गरेका छन् । भिडियो क्लिपमा वीर दासले भनेका छन्, “म यस्तो भारतबाट आएको हुँ जहाँ महिलालाई दिनमा पूजा गरिन्छ र राति बलात्कार गरिन्छ । म भारतबाट आएको हुँ जहाँ तपाईं AQ1 9000 हुनुहुन्छ तैपनि हामी हाम्रो छतमा सुतेर रातमा ताराहरू गन्छौं । म भारतबाट आएको हुँ जहाँ हामी शाकाहारी भएकोमा गर्व गर्छौं तर उही किसानलाई दुःख दिन्छौँ ।”

वीर दास

वीर दासविरुद्ध एफआईआर दर्ता:

बम्बई उच्च न्यायालयका वकिल आशुतोष जे दुबे र भाजपा महाराष्ट्रका कानुनी सल्लाहकारले वीर दास विरुद्ध उजुरी दायर गरेका छन्। उजुरीको प्रतिलिपि ट्विटरमा पनि साझा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?