उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता रोक्ने धम्की दिएको छ । कोरियाली नेता किम जोन उन र डोनाल्ड ट्रमबीच हुने भनिएको यो वार्तालाई बहुप्रतीक्षित शिखर वार्ता भनिएको छ ।
दक्षिण कोरियाको समाचार एजेन्सीले जनाएअनुसार उत्तर कोरियाका नेता किम जोङ उनले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीच १२ जुनमा सिंगापुरमा वार्ता हुने योजना छ ।
दक्षिण कोरियाको समाचार एजेन्सीले जनाएअनुसार प्योङयोङ शहरमा अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यासलाई लिएर दक्षिण कोरियाले उच्च स्तरीय वार्ता पनि रद्द गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया