हरेक मौसममा छालाको स्याहार हुनु आवश्यक हुन्छ । जाडो मौसममा छालामा अन्य मौसमको भन्दा अझ बढी समस्या आउने हुनाले यो मौसममा छालाको विशेष ढङ्गले स्याहार गर्नुपर्छ ।
जाडो मौसममा छाला बढी सुख्खा हुने र खुम्चिने गर्छ । यो मौसममा छालालाई सुख्खा हुन नदिन मोइश्चराइज गर्नु आवश्यक हुन्छ । छालालाई मोइश्चराइज गर्न मोइश्चराइजर लगाउनु मात्र पर्याप्त हुँदैन । यो मौसममा छालालाई विभिन्न तरिकाले हेरचाह पनि गर्नुपर्छ । त्यसैले छालाको सुख्खापन र खुम्चिने पनलाई कम गर्न भिटामिन ई भएको मोश्चराइजर लगाउनु र अनुहारलाई दिनको दुई पटक राम्ररी सफा गर्नुपर्छ ।
चिसो मौसममा अनुहारको छालालाई विशेष ढङ्गले स्याहार गर्ने केही उपायहरू ।
छालाको मृत कोशिकालाई हटाउने
चिसो मौसममा छालाको बाहिरी भागमा रहेका कोशिकाहरू मर्ने गर्छ । यसरी मरेका कोशिकाहरूलाई फेस स्क्रवको सहयोगमा हटाउने गर्नुपर्छ । यो प्रक्रियालाई एक्सफोलिएसन भनिन्छ यसले छालाको बाहिरी भागमा रहेको मरेको कोशिकालाई हटाएर छालालाई स्वस्थ बनाउन मद्दत गर्छ ।
चिल्लो मोइश्चराजरको प्रयोग गर्ने
चिसो मौसममा छाला बढी सुख्खा हुने गर्छ । यस्तो मौसममा चिल्लोपन बढी भएको मोइश्चराजरको प्रयोग गर्नु राम्रो हुन्छ । यसको प्रयोगले अनुहारमा लामो समयसम्म अरू किसिमका क्रिमहरू लगाउनु पर्ने आवश्यकता हुदैंन ।
एसपिएफ लोसनको प्रयोग
चिसो मौसममा हावा सुख्खा र सूर्यको प्रकाशमा लामो समय बस्ने गरिन्छ । यसले छालालाई विभिन्न किसिमले नोक्सान गरिरहेको हुन्छ । यस्तो मौसममा लगाइने लोसन, क्रिम वा मोश्चराइजरमा एसपिएफ को मात्रा भएको लगाउनु राम्रो मानिन्छ । चिसो मौसममा छाला फुट्ने र बिग्रिने गर्छ त्यसैले यसको उपचारमा एसपिएफ भएको क्रिम, मोश्चराइजर र लोसन बढी उपयोगी देखिन्छ ।
ओठमा स्क्रविङ गर्ने
चिसो मौसममा ओठलाई पनि बढी नै असर गरिरहेको हुन्छ । यो मौसममा ओठ बढी फुट्ने गर्छ । ओठलाई चिसो मौसममा फुट्न नदिन ओठको स्क्रब गर्नु पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया