‘डि सिने अवार्ड’मा बसुन्धरालाई लाईफ टाइम, नरेन्द्र र मौसमीलाई रजत सम्मान

काठमाडौं । अघिल्ला दुई संस्करण पोखरा र हेटौंडामा सम्पन्न गरिएको ‘डि सिने अवार्ड’को दशौँ संस्करण काठमाडौंमा आयोजना हुने भएको छ । दशौँ संस्करणमा पुग्न सफल यो नेपालको पहिलो अवार्ड समारोह हो । छायाँछवि क्रियशनले 'डी सिने अवार्ड' को अवसरमा 'छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड', 'छायाँछवि चलचित्रकर्मी रजत सम्मान' (पुरुष/महिला) एवं 'छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार' प्रदान गर्दै आएको छ ।

यस वर्ष 'छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड'बाट पहिलो नेपाली सिनेमा आमाबाट सिनेमा क्षेत्रमा पाइला राखेकी बसुन्धरा भुषाललाई दिइने छ । यस्तै सिनेमा क्षेत्रमा पच्चिस वर्ष योगदान गरेका सिनेमाकर्मीलाई 'छायाँछवि चलचित्रकर्मी रजत सम्मान' (पुरुष/महिला) सम्मान गरिदै आएको छ । यो वर्ष 'छायाँछवि चलचित्रकर्मी रजत सम्मान'बाट पुरुष तर्फ निर्माता तथा वितरक नरेन्द्र मर्हजन र महिला तर्फ निर्माता तथा अभिनेत्री मौसमी मल्ललाई सम्मान गरिने छ ।

यस्तै यो वर्ष 'छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार' श्याम अर्याललाई प्रदान गरिने छायांछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए । उनलाई नगद १० हजार १० रुपैँया र प्रमाण पत्र सहित पुरस्कृत गरिने छ ।

अवार्ड आयोजक छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियका अनुसार, आजभन्दा दश वर्ष अगाडी डिजिटल फम्याटमा बनेका सिनेमालाई लगानीभन्दा पनि प्रविधिका माध्यमले प्रोत्साहित गर्न सके उत्कृष्ट सिनेमा निर्माण गर्न सकिन्छ भन्ने मान्यताका साथ डि सिने अवार्ड सुरु गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?