काठमाडौं । भारतको लखनउको एक अदालतले बुधबार डान्सर तथा अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सपना चौधरीले शो रद्द गरेको र दर्शकलाई पैसा फिर्ता नगरेको आरोप लागेको छ । यस मुद्दामा अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट शान्तनु त्यागीले सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी गर्दै अर्को सुनुवाइमा अदालतमा हाजिर हुन प्रहरीलाई आदेश दिएका छन् ।
सपना चौधरीविरुद्ध अदालतले अभियोग लगाउनु पर्ने भएकाले उनी अदालतमा उपस्थित हुनु अति आवश्यक भएको छ । यस मुद्दामा उनीविरुद्ध एफआइआर लेखिएपछि सपना चौधरीले उजुरी खारेजको लागि निवेदन दिएकी थिइन्, जुन पछि खारेज भएको थियो ।
सपना चौधरीविरुद्ध आशियाना पुलिस स्टेशनमा १४ अक्टोबर २०१८ मा एफआईआर लेखिएको थियो। अक्टोबर १३ मा लखनउको स्मृति उपवनमा दिउँसो ३ बजेदेखि १० बजेसम्म कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको आयोजक सपना चौधरीका अलावा जुनैद अहमद, नवीन शर्मा, इवाद अली, अमित पाण्डे र रत्नाकर उपाध्याय रहेका छन् ।
तीन सय रुपैयाँमा टिकट बिक्री भएको थियो । अदालतमा परेको उजुरीमा यी दर्शकले तीन सय रुपैयाँ तिरेर टिकट किनेको बताइएको छ । सपना चौधरीको यो शो हेर्न हजारौंको संख्यामा दर्शक उपस्थित थिए तर १० बजेसम्म सपना चौधरी नआएपछि दर्शकले हंगामा गर्न थालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया