काठमाडौं । नेपाल प्रहरीको एआइजी र एस्पी बढुवामा गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले हस्तक्षेपकारी रणनीति अवलम्वन गरेपछि बढुवा प्रक्रिया लम्वीएको छ ।
नेपाल प्रहरीमा एआइजी पदहरु रिक्तभएको दुई महिना वितेको छ । गृहमन्त्री बादलले एआइजीको १५ वटा दरवन्दी कटौति गर्ने इच्छा जाहेर गरेपछि एआइजी बढुवा प्रक्रिया लम्बीएको हो ।
आइजीको १५ पदका लागि १० जना डिआइजीहरु प्रतिपर्धामा रहेका छन् । केही डिआइजीहरु ३० वर्षे सेवा अवधिका कारण असार मसान्तसम्म घर फर्किने अवस्थामा रहेका छन् ।
उनीहरु बढुवा प्रक्रिया ढिलो हुँदा खिन्न देखिएका छन् । प्रहरी प्रधान कार्यालयले भने सातवटा प्रदेशमा सातै एआइजी राख्नु पर्ने अडान राखेको छ । तर, गृह मन्त्रालय भने गृह प्रशासन र प्रहरीबीचको ‘चेन अफ कमाण्ड’को विषयलाई लिएर विवाद झिकीरहेको बताइएको छ ।
यसैबीच, प्रहरीमा रिक्त २४ वटा एस्पी पदका लागि करीव ४८ जना डिएस्पीहरु प्रतिपर्धामा रहेका छन् । यही हप्ताभित्र एस्पी बढुवाको सिफारिसमा पर्ने हल्लामा रुमल्लिएका प्रतिपर्धि डिएस्पीहरु पनि निराश देखिएका छन् ।
गृहमन्त्री बादलले कार्य सम्पादन मूल्याङ्कन (कासमु) को आधारमा भन्दा पनि केही ब्यक्तिलाई घुमाउरो बाटोबाट बढुवा गर्न खोजेपछि बढुवा प्रक्रिया लम्बीएको हो ।
एआइजी र एस्पी बढुवाको सम्वन्धमा मन्त्रालय वे–खवर जस्तै छ । बढुवाको सम्वन्धमा गृहले प्रहरी प्रधान कार्यालय र प्रहरी प्रधान कार्यालयले गृहलाई देखाउने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया