४६ वर्षमा जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति जिन्टा

लोकपथ
1.4k
Shares

काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टाको घरमा खुशीयाली छाएको छ । ४६ वर्षको उमेरमा प्रीति जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । उनले यो खुसीको खबर सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई बताएकी छिन् ।

प्रीति जिन्टा

योसँगै उनले आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेका छन् । प्रीतिले आफ्ना छोराछोरीको नाम जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफ राखेकी छिन् ।

प्रीतिले पोस्टमा लेखेकी छिन्– “म आज तपाईहरु सबैसँग हाम्रो खुशीको खबर सेयर गर्न चाहन्छु । म र जीन धेरै खुसी छौं। हाम्रो हृदय धेरै कृतज्ञता र प्रेमले भरिएको छ किनकि हामीसँग दुई जुम्ल्याहा जय जिन्टा गुडेनफ र जिया जिन्टा गुडइनफ छन्।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?