काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा करेक्सन आएको छ । यसअघि लगातार तीन दिनसम्म बढेको बजारमा आज भने करेक्सन देखिएको हो । आज सेयर बजार दोहोरो अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा पुगेको छ । आज नेप्से १.१६ प्रतिशतले घटेको हो ।
त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२५ अंकले बढेर ५२१.१८ बिन्दुमा पुगेको छ ।
आज कुल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कुल १३ उपसमूहमा १२ वटा समूहको सेयर मूल्य घटेको छ । आज अन्य समूहको मात्र सेयर मूल्य बढेको छ। आज कारोबार रकमको आधारमा भने नेपाल टेलिकमले अग्रता कायम गरेको छ । कम्पनीले ६० करोड ४४ लाख ५५ हजार भन्दा बढीको कारोबार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया