एजेन्सी । बोस्टनमा घरविहीन काला जातिका एक जना मानिसले बर्गर किंग खान खोज्दा जेल जानु परेको छ । इमोरी इलिस सन् २०१५को एक बिहान भोकाएका बेला बर्गर किंगमा पुग्यो । खाजा खाएको साटो उनलाई प्रहरी स्टेसन हुँदै तीन महिनाका लागि जेल जान पर्यो । उनले आफू विरुद्ध नकल नोटको प्रयोग गरेको गलत अभियोग लगाएको आरोप लगाएका छन् ।
अब ती व्यक्तिले बर्गर किंग फास्टफुड चेन र उसको आवद्धता पाएको त्यो पसल विरुद्ध करिब १० लाख अमेरिकी डलर बराबरको मुद्दा हाल्ने भएको छ । उनले आफू विरुद्ध रंगभेदको व्यवहार गरेको आरोप लगाउँदै मुद्दा हालने जनाए ।
उनका वकिलले आफूजस्तो सेतो छाला भएका मानिसलाई क्षमा दिन्थ्यो तर काला जातिका भएकाले उनले सही नोट दिँदा पनि जेल हाल्ने काम गरियो । यो रंगभेद हो ।
बर्गर किंगका प्रवक्ताले कम्पनीले कुनै किसिमको विभेदलाई सहन नसक्ने बताए । तर यो विषेश मुद्दाका सम्बन्धमा कम्पनीले कुनै टिप्पणी गरेको छैन् ।
कम्पनीले पसलमा काम गर्ने कामदारको आवश्यक तालिम दिने काम स्थानीय पसलको भएको जनायो ।
बर्गर किंगको फ्रेन्चाइजी टु गाइज फुड इंकले यसबारे टिप्पणी गर्न मानेको छैन् ।
डिजिटल लिगल न्यूज सर्भिस द्वारा मुद्दा दायर गरिएको छ । मुद्दामा ९लाख ५० हजार अमेरिकी डलर बराबरको माग दाबी सहित मुद्दा दायर गरिएको हो ।
नोभेम्बर २०१५मा उनलाई पक्राउ गरिएको थियो । उनलाई बैंक नोट नकली ल्याएको आरोपमा तीन महिनाको जेल सजाय गरियो । फेब्रुअरीान २०१६मा जेलबाट रिहा भएपछि सिक्रेट सर्भिसले उनको भुक्तानी बिल सही भएको ठहर गरेपछि यो मुद्दा दायर गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया