काठमाडाैँ । गायिका प्रविशा अधिकारीको बिहे पक्का भएको छ । प्रेमी निर्माण सिटौलासँग उनले बिहीबार इन्गेजमेन्ट (टीकाटालो) गरेकी छिन् ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्माण सिटौला झापा चारपानेका हुन् । प्रविशा र निर्माणको टीकाटालो उनीहरुको गृहजिल्ला झापामा भएको हो ।
सुरुमा पारिवारिक चिनजानको आधारमा बिहेको कुरा चलेको थियो । पछि निर्माण र प्रविशाबीच कुराकानी भई प्रेममा परिणत भएपछि उनीहरुको बिहे पक्का भएको पारिवारिक स्रोतले बताएको छ ।
बिहेकै लागि निर्माण केही समय अगाडि मात्र नेपाल आएका थिए । मंसिर ५ गते उनीहरुको विवाह हुने तयारी भएको छ ।
मखमली स्वरकी धनी प्रविशा थोरै गीत गाएर पनि चर्चित छिन् । अहिले चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चाइल्ड भर्सन ‘द भ्वाइस किड्स’को कोच समेत बनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया