सिन्धु विकास बैंकको संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । सिन्धु विकास बैंकले सर्वसाधारणले समेत पाउने गरी बोलकबोल माफर्त सेयर बिक्री गर्न लागेको छ । बैंकले हकप्रदमा बिक्री नभएको ५ लाख ३८ हजार ३ सय १ किता संस्थापक सेयर लिलामी गर्ने भएको छ । साविकका संस्थापक सेयरधनीबाट उक्त परिमाणको शेयरमा आवेदन नआएपछि बैंकले सर्वसाधारणले समेत पाउनेगरी बोलकबोल मार्फत बिक्री गर्न लागेको हो ।
सेयर लिलामीमा जेठ ११ गते देखि २७ गतेसम्म आवेदन गर्न सकिनेछ । जसको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

लिलामीको सेयरमा न्यूनतम १००  तोकिएको छ । लगानीकर्ताले न्यूनतम सय कितादेखि लिलामीमा निष्काशीत सम्पूर्ण सेयरको लागि आवेदन दिन सक्नेछन् ।

सेयर लिलामी गर्न ईच्छुक व्यक्तिले एनआईबिएल एस क्यापिटल तथा क्यापिटलको शाखा कार्यालय लालदरबार, लगनखेल ललितपुर, पोखरा चिप्लेढुङ्गा, बुटवल ट्रफिकचोक, वीरगंज आदर्शनगर र विराटनगर गोल्छा चोकबाट आवेदन दिन सकिने व्यवस्था गरेको बैंकले जानकारी गराएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?