‘सुनकेसरी’ प्रचारमा नयाँ फण्डा, यात्रुलाई टुटल मार्फत नि:शुल्क गन्तव्यसम्म पुर्याउने

काठमाडौं । पछिल्लो समय सिनेमा निर्माताहरुले प्रसार प्रसारका विभिन्न फण्डाहरु अपनाइ रहेका छन् । गएको महिना रिलिज भएका सिनेमा 'कोहलपुर एक्सप्रेस', 'ह्याप्पी डेज' र 'डमरुको डण्डीबियो'ले आफ्नो आफ्नौ प्रचार फण्डाले सिनेमाको प्रचार गरे । त्यो फण्डाले सिनेमालाई केहि फाइदा भएपनि व्यापारिक रुपमा नाफा भने दिन सकेनन् । तरपनी यस्ता फण्डाले सिनेमालाई केही मात्रामा फाइदा भने भयो ।

'कोहलपुर एक्सप्रेस' निर्माण टिमले फुडमाण्डुसँग मिलेर दर्शकको घरसम्म पिज्जा डेलिभरी गरे, भने 'ह्याप्पी डेज'ले कलाकारलाई काठमाडौंमा रथ यात्रा गरायो । यस्तै 'डमरुको डण्डीबियो'ले टुडिखेलमा डण्डीबियोको ठ्याक लगाउने प्रतिस्प्रर्धाको आयोजना गर्यो ।


 
यस्तै अब जेठ ११ देखि अलनेपाल रिलिज हुने सिनेमा 'सुनकेसरी'ले बाटोमा बस पर्खेर बसेका यात्रुलाई गन्तव्यसम्म पुर्याउने काम गरेर आफ्नो सिनेमा प्रचारमा नयाँ फण्डा अपनाएको छ । यसले सुनकेसरीलाई कती फाइदा पुर्याउने छ । त्यो सिनेमा रिलीज पश्चात थाहा हुने नै छ । तर अहिले सम्म अन्य सिनेमा निर्माताले गर्ने भन्दा फरक प्रचार फण्डा भने 'सुनकेसरी'ले थालेको छ ।

बिहिबार सिनेमाकी मुख्य नायिका ऋचा शर्माले स्कुटी चढेर गन्तव्यसम्म पुर्याइन । टुटलसँगको सहकार्यमा यो फण्डा अपनाइकी हुन् । टुटल, काठमाडौं उपत्यका भित्र अनलाइन मार्फत अडर गरेर मोटरसाइकल र स्कुटीमा यात्रुलाई गन्तव्यसम्म पुर्याउने माध्यम हो ।

हिजो पहिलो दिन ऋचाले ३/४ जना यात्रुलाई सित्तैमा यात्रुलाई गन्तव्यसम्म पुर्याइदिइन । यात्रु बोक्ने क्रममा उनले यात्रुसँग 'सुनकेसरी'को बारेका कुराकानी गरिन् । टुटलबाट यात्रुले ऋचालाई भेट्न पाउँदा यात्रुहरु खुशी देखिन्थे । छुट्टिनेवेला यात्रुहरुले सिनेमाको ट्रेलर आफुलाई मनपरेको भन्दै सिनेमा हर्ने बताए ।

अर्पण थापाले निर्देशन गरेको सिनेमालाई भिम न्यौपाने, ऋचा शर्मा, शर्मिला सापकोटाले दुई करोड बजेटमा निर्माण गरेका हुन् । सिनेमामा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, लाउरेन लाफवर्गको मुख्य भुमिका रहेको छ । सुनकेसरीको सम्पुर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?