काश्मिर सीमा क्षेत्रमा झडप, एक सुरक्षा गार्डको मृत्यु

नयाँदिल्ली । काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ । 

सो क्षेत्रमा झडप अहिले पनि जारी रहेको बताइएको छ । त्यसमा परी अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । 

काश्मिरको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (आइबी)मा भारत र पाकिस्तानको सीमा सुरक्षा गार्डबीच भएको झडपमा भारतीय सुरक्षा बलले ज्यान गुमाएका सो समाचारमा जनाइएको छ । 

स्थानीय समयाअनुसार शुक्रबार मध्यराति ०१ बजेतिर पाकिस्तानी सेनाले गोली प्रहार गरेको र यसमा एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?