काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत प्राधिकरण, रत्नपार्कको प्राङ्गणमा भएको हो ।
सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेका श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अबडेबिट कार्ड प्रयोग गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया